अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चिततामा प्रदेश सरकारको चाँसो

पाेखरा | असार ३०, २०८१

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चिततामा प्रदेश सरकारको चाँसो

पोखरा:    गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चिततामा प्रदेश सरकारको चाँसो रहेको बताएका छन् । 


नेपाल अपाङ्गता संघ कास्की र राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजना र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र गण्डकीको सहयोगमा भएको स्वास्थ्य तथा सहायक सामग्री वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । 


“अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध छ । सम्बन्धित संघसंस्थासँग समन्वय गर्दै अगाडि बढनेछौं ।”, उनले भने । 


मन्त्री थापाले अपाङगता भएका नागरिकको क्षमता अभिवृद्धि, सीप विकास र रोजगारी सिर्जनामा प्रदेश सरकार लागिरहेको बताए । त्यसका लागि आवश्यक बजेट विनियोजन समेत गरिएको भनाई उनको छ । 


अपाङ्गता भएका व्यक्तिहरुलाई सीप विकास तालिम दिलाई उनीहरुबाट उत्पादित वस्तुको बजारीकरणमा समेत प्रदेश सरकारले सहयोग गर्ने उनले उल्लेख गरे । 


स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अधिकृत राममणी ढुंगानाले अपाङ्गता भएका व्यक्तिहरुको समस्या प्रकृति अनुसार फरक रहेको र आगामी दिनमा समन्वयका आधारमा कार्यक्रम तय गरिने बताए । 


राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ गण्डकीका अध्यक्ष जगन्नाथ सुवेदीले प्रदेश सरकारबाट उपलब्ध भएको सहयोग सामग्रीले ठूलो राहत मिल्ने बताए । उनले अपाङ्गता भएका व्यक्तिहरुलाई आयआर्जनमा जोड्ने खालको कार्यक्रम ल्याउनुपर्ने आवश्यकतालाई औंल्याए । 


पोखरा महानगरपालिका अन्तर्गत नगर संजालका अध्यक्ष गंगा बहादुर खड्काले प्राप्त सामग्रीको सही सदुपयोग गर्न आग्रह गरेका छन् । 


अपाङ्गता भएका व्यक्तिहरुले पाउनुपर्ने सुविधा नपाएको गुनासो गर्दै यसमा निर्मम भएर लाग्न उनले प्रदेश सरकारलाई अनुरोध गरेका छन् । कार्यक्रममा अपाङ्गता भएका व्यत्तिहरुलाई व्हीलचियर, मेडिकल सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रम नेपाल अपाङ्गता संघ कास्कीका अध्यक्ष विष्णु सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो । 

पोखरा:    नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् ।    व्...

थप पढ्नुहोस्

पोखरा:    नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् ।   उनले आफू निर्वाचित भए...

थप पढ्नुहोस्

पोखरा:     कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ ।   घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा ब...

थप पढ्नुहोस्